• २०८१ बैशाख २१ शुक्रबार

रश्मिका र विजयको इन्गेजमेन्टको चर्चा !

kharibot

काठमाडौँ । भारतकी राष्ट्रिय क्रस भनिने अभिनेत्री रश्मिका मन्डन्नाले वैवाहिक बन्धनमा बाँधिन लागेको खबरले अहिले उनका फ्यानहरुलाई तरंगित बनाएको छ ।

रश्मिकाले उनका प्रेमी अभिनेता विजय देवरकोन्डासँग इन्गेजमेन्ट गर्न गर्न लागेको खबर अहिले भारतमा चर्चाको विषय बनेको छ । यी दुबैले आजसम्म आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा स्विकारेका छैनन् तर अब खबरहरु विश्वास गर्ने हो भने चाँडै नै दुबैले इन्गेजमेन्टको औपचारिक घोषणासँगै सम्बन्धलाई टुंगोमा पुर्याउने रिपोर्ट प्रकाशित भएका छन् ।

समाचार वेबसाइट न्यूज १८ तेलुगुले आफ्नो रिपोर्टमा रश्मिका मन्डन्ना र विजय देवरकोन्डले फेब्रुअरीमा इन्गेजमेन्ट गर्ने भएको दाबी गरेको छ । फेब्रुअरीको दोस्रो साता दुवैले इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धको आधिकारिक जानकारी दिनेछन् ।

रश्मिका मन्डन्ना र विजय देवरकोन्डा साउथका स्टार हुन् । दुबै ब्लकबस्टर फिल्म गीता-गोविन्दम र डियर कम्रेडमा सँगै देखिएका थिए, जसमा उनीहरूको अन-स्क्रिन केमेस्ट्रीलाई धेरै प्रशंसा गरिएको थियो । फिल्मको सेटबाट दुवै रिलेसनसिपमा रहेको खबर आए पनि दुवै कलाकारले अहिलेसम्म यसबारे खुलेर कुरा गरेका छैनन् ।

दीपावलीको विशेष अवसरमा विजय देवरकोन्डाले आफ्नो घरमा दिवाली पार्टी आयोजना गरेका थिए, जसमा रश्मिका पनि सहभागी भएकी थिइन् । यो तस्विर सार्वजनिक भएदेखि नै उनीहरुको सम्बन्धलाई लिएर धेरै अड्कलबाजी गरिएको थियो । यस बाहेक दुवैलाई धेरै पटक सँगै छुट्टी मनाउने गरेको पनि देखाइएको छ ।

नोभेम्बरमा, रश्मिका मन्डन्नालाई एयरपोर्टमा विजय देवरकोन्डाको हुडी लगाएको देखियो । उनले विजयले केही समयअघि लगाएको हुडी रश्मिकाले लगाएको देखिएपछि दुवैको सम्बन्धको फेरी चर्चा हुन थालेको थियो । यो हुडी विजय देवरकोन्डाको ब्रान्ड राउडीको थियो ।

रश्मिका मन्डन्ना अहिले ब्लकबस्टर फिल्म एनिमलका कारण चर्चामा छिन् । फिल्ममा उनको मुख्य भूमिका थियो । रश्मिकाले सन् २०२२ मा फिल्म गुडबायबाट हिन्दी फिल्ममा डेब्यू गरेकी थिइन् । यसबाहेक उनी ओटीटीमा रिलिज भएको हिन्दी फिल्म मिशन मजनुमा पनि देखिएकी छिन् । रश्मिकाको आगामी दिनमा ३ तेलुगु र एउटा हिन्दी फिल्म आउदै छन् । उनी पुष्प–२: द रुल, रेन्बो र द गर्लफ्रेन्डका साथै हिन्दी फिल्म छावामा देखिने भएकी छिन् ।

विजय देवरकोन्डाको बारेमा कुरा गर्दा, उनी साउथ फिल्म्स फेमिली स्टार र भिडी-१६ मा देखिदैछन् । विजयले फिल्म लिगरबाट बलिउडमा डेब्यू गरेका थिए, यद्यपि यो फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै