काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले विगन एथलेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट र ब्रुनो फेर्नानडेजले एक एक गोल गरेका थिए ।
अब म्यानचेस्टर युनाइटेडले चौथो चरणमा न्यूपोर्ट र एस्टलेइफबीचको विजेतासँग २७ जनवरीमा खेल्ने छन् ।