• २०८१ बैशाख ३१ सोमबार

बालुवाटारमा गठबन्धनका चार दलको बैठक जारी

kharibot

काठमाडौं । सत्तारूढ गठबन्धनका ठुला दलको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनमा सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ गठबन्धन भित्र रहेका चार ठुला दलको बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीको सरकारी निवासमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरु अहिले छलफलमा रहेका छन ।

भोली हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अघि गठबन्धन भित्रका ठुला दलले भागबन्डा टुंग्याइसक्नु पर्ने दबाबका बिचमा यो बैठक बसिरहेको हो । मुख्यतः नेकपा एसले पाउने भागबन्डाका लागि यो बैठक बसिरहेको एक नेताले जनाएका छन ।

तर, गठबन्धन भित्र रहेका अन्य साना दललाइ भने राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरिएको छैन, उनीहरूलाइ बैठकमा पनि बोलाइएको छैन । जसअनुसार जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरू बैठकमा सहभागी भएका छैनन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै