काठमाडौँ । भारतको अडानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा भारतको सबैभन्दा धनि व्यक्ति बनेका छन् । अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै फेरि भारतको सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।
सेयरको वृद्धिका कारण गौतम अडानीले विश्व वरियतामा शीर्ष १२ मा आफ्नो स्थान बनाएका छन् भने अम्बानी एक स्थान तल १३औं स्थानमा छन् ।
गौतम अडानीको कुल सम्पत्ति यस वर्ष १३ अर्ब डलरले बढेर ९७.६ अर्ब डलर पुगेको छ। जबकी मुकेश अम्बानीको कुल सम्पत्ति बढेर ९७ अर्ब डलर पुगेको छ।
अडानी–हिन्डनबर्ग मुद्दामा सर्वोच्च अदालतको फैसलाका कारण समूहका सबै १० शेयर बढेकाले अडानीको नेटवर्थ बढेको हो । गत वर्ष जनवरी २४ मा अमेरिकी सर्ट सेलर कम्पनी हिंडबर्गले गौतम अडानीमाथि शेयर हेरफेर र मनी लान्ड्रिङको आरोप लगाएपछि कम्पनीको शेयरमा ठूलो गिरावट आएको थियो । सो घटनापछि अडानीले आफ्नो कुल सम्पतिको ६० प्रतिशत गुमाएका थिए ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्समा एलन मस्क विश्वका धनि व्यक्त रहेका छन् । मस्कको अहिले २२० बिलियन डलरको सम्पत्ति रहेको छ ।
त्यस्तै अमेजनका मालिक जेफ बेजोस १६९ बिलियन डलरसहित दोस्रो स्थानमा छन् भने बेरनार्ड आर्नाल्ट १६८ बिलियनसहित तेस्रो, विल गेट्स १३८ बिलियनसहित चौथो स्टेभन बलमेर १२८ बिलियनसहित पाँचौं र मार्क जुकरबर्ग १२६ मिलियनसहित छैटौं स्थानमा रहेका छन् ।