• २०८१ बैशाख १८ मंगलबार

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारत ७ विकेटले विजयी

kharibot

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ ।

टेस्टको दोस्रो दिन भारतले पाएको ७९ रनको लक्ष्य ३ विकेट गुमाएर पुरा गर्दै जित हासिल गरेको हो । 

यस अघि टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा दक्षिण अफ्रिका १७६ रन बनाएर अलआउट भएपछि भारतले ७९ रनको लक्ष्य पाएको थियो  ।  दक्षिण अफ्रीकाका लागि एडेन मार्क्रमले १०६ रनको शतकीय पारी खेलेका थिए । उनलाई अन्य ब्याट्सम्यानले साथ दिएका थिएनन् । 

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ६ विकेट लिएका थिए भने मुकेश कुमारले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र प्रसिद्ध कृष्णले एक एक विकेट लिएका थिए । 

यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा ५५ रनमा अल आउट भएको थियो भने भारतले १५३ रन बनाएको थियो । 

यो जितपछि २ खेलको सिरिजमा १-१ को बराबरीमा सकिएको छ ।  यसअघि दक्षिण अफ्रिकाले पहिलो खेल एक इनिंग र ३२ रनले जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै