• २०८१ बैशाख १६ आइतबार

एमालेलाई राष्ट्रियसभामा सिट दिने प्रस्तावमा माधव नेपालको विरोध

kharibot

काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेसँग सिट बाँडफाँट गर्ने विषय बिना निष्कर्ष सकिएको हो ।

आजको बैठक निष्कर्ष बिना सकिएको र साँझ वा भोलि बिहान बस्ने गरि सकिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएको छन् । नेता लेखकले राजनीतिक दलहरुबीच सहकार्य हुने विषय लोकतन्त्रकै एउटा पक्ष भएको बताउदै एमालेसँग छलफल जारी नै रहेको बताए । 

बैठकमा सहभागी अर्का नेताका अनुसार राष्ट्रिय सभामा एमालेलाई सिट दिने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।

एमालेले राष्ट्रिय सभामा कम्तिमा ६ सिटको अपेक्षा गरेको संदेश प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई दिएको बुझिएको छ । त्यसको बदलामा एमालेले सरकारले ल्याउने शान्ति प्रक्रियासँग सम्बन्धित विधयकलाई समर्थन गर्ने प्रस्ताव रहेको छ ।

यस विषयमा प्रधानमन्त्रीले गठबन्धनमा सहमति बनाउने प्रयास जारी राखेका छन् । अब आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै