• २०८१ बैशाख १७ सोमबार

११३ किलोमिटर हिडेर रास्वपाको दबाब टोली बुटवल पुग्यो

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको दबाब टोली बुटवल पुगेको छ ।

बुटवल–नारायण सडक निर्माणमा चरम ढिला सुस्ती भएपछि दबाब दिन सभापति लामिछानेको टोलीलाई बाटोमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए । दबाबमूलक पैदल यात्रा सुरू भएको तेस्रो दिन आज बुधबार बुटवल पुगेसँगै यात्रा सकिएको छ ।

सभापति रवि लामिछाने सहितको टिम सोमवार पूर्वी नवलपरासीको गैँडाकोटमा ११३ किलोमिटर यात्रा सुरु गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै