• २०८१ बैशाख २८ शुक्रबार

दक्षिण अफ्रिकाविरुद्ध राहुलको शतकसँगै भारत २४५ रनमा अलआउट

kharibot

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिंगमा २४५ रन बनाएको छ ।

खेलको दोस्रो दिन बुधबार केएल राहुलको १०१ रनको शतकीय पारीको सहयोगमा भारतले २४५ रन बनाएको हो ।

राहुल बाहेक विराट कोहलीले ३८ रन बनाएका थिए भने श्रेयस अय्यरले ३१, श्रदुल ठाकुरले २४, यशस्वी जैसवालले १७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५, शुभमन गिलले २, आर आश्विनले ८ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले ५ विकेट लिएका थिए भने नान्द्रे बर्गरले ३ तथा मार्को जानसेन र गेराल्ड कोत्जेले एक एक विकेट लिएका थिए ।

आजै दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै