• २०८१ बैशाख २३ आइतबार

नारायढगढ–मुग्लिङ सडकखण्ड १२ देखि ४ बजेसम्म बन्द हुने

kharibot

फाइल तस्बीर

चितवन । आज पनि नारायढगढ–मुग्लिङ सडक खण्ड अबरोध हुने भएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधिन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडकखण्ड बन्द गर्न लागिएको हो ।

हिजोदेखि बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बजेसम्म यातायाता सञ्चालन पुर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ । 

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारी साधानहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारी साधान मुग्लिङ बजार देखी मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटारदेखि  पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारी साधानहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन ।

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधान भने लेवाटार र सत्रसय फाँटमा रोकिनेछन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधानहरू भतेरी जंगलदेखि रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ । 

यो अबरोध पुस ७ देखि २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार ब्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै