• २०८१ असार १७ सोमबार

नयाँ युरोपियन सुपर लिगको विरोधमा बायर्न र पिएसजी

kharibot

काठमाडौँ । रियल म्याड्रिड र बार्सिलोनाले शुरु गर्ने भनेको युरोपियन सुपर लिगको विरोध शुरु भएको छ ।

जर्मनीको फुटबल महारथी बायर्न म्युनिख, फ्रेन्च च्याम्पियन पिएसजीसहितका क्लबले सुपर लिगको विरोध गरेका छन् ।  युरोपको सर्वोच्च अदालतले सुपर लिगलाई फिफा र युइएफएले रोक्न नसक्ने आशयको फैसला दिएपछि नयाँ युरोपियन सुपर लिगको घोषणा गरिएसँगै विरोध शुरु भएको छ ।

अहिलेसम्म बायर्न म्युनिख, पिएसजी, एएस रोमा, डोर्टमण्ड, सेभियाका साथै प्रिमियर लिगले पनि नयाँ सुपर लिगलाई अस्वीकार गरेका छन् ।   

अदालतको फैसलापछि बायर्न म्युनिखले आफ्नो पक्ष राख्दै अहिले फिफा र युइएफएकै अन्तर्गत फुटबललाई अगाडी बढाउनुपर्नेमा आफु दृढ रहेको स्पष्ट गरेको छ । बायर्नले भनेको छ- 'हामीले युरोपेली अदालतको फैसलालाई ध्यानमा राखेका छौं । यद्यपि, यसले बायर्न म्युनिखको सोचाई परिवर्तन गर्दैन । नयाँ लिगले राष्ट्रिय लिगको महत्त्व र युरोपेली फुटबलको तथ्याङ्कमा आक्रमणको प्रतिनिधित्व गर्दछ । बुन्डेसलिगाले बायर्नको जग बनाउँछ, जसरी सबै राष्ट्रिय लिगहरूले युरोपेली फुटबल क्लबहरूको जग बनाउँछन् । तसर्थ, तिनीहरूलाई कमजोर नभई बलियो बनाउनु हाम्रो कर्तव्य र गहिरो विश्वास हो । हामी युइएफएको छाता अन्तर्गत युरोपेली क्लब प्रतियोगिताहरूलाई पनि समर्थन गर्छौं । त्यसैले बायर्नका लागि सुपर लिगको ढोका बन्द छ ।'

अदालतको फैसलापछि रियल म्याड्रिड र बार्सिलोनाले भने खुशी व्यक्त गर्दै यो फैसलाले अब फुटबलको विकासका लागि क्लब थप स्वतन्त्र भएको दाबी गरेका छन् । उनीहरुले नयाँ सुपर लिगको थप वकालत गर्दै फुटबल कसैको नियन्त्रणमा हुन नहुने बताएका छन् ।

रियल म्याड्रिड र बार्सिलोनाकै पहलमा २०२१ मा युरोपियन सुपर लिग शुरु गर्ने पहल भएपनि त्यति बेला फिफा र युइएफए बाधक बनेपछि यो विषय अदालतमा पुगेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै