• २०८१ बैशाख १७ सोमबार

युएईबाट नेपाल आएको विमानको शौचालयमा नवजात शिशु मृत फेला

kharibot

काठमाडौँ । युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । 

बुधबार बिहान ९ बजे युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक महिला यात्रुले विमानको शौचालयमा बच्चा जन्माएकी हुन् ।

शिशु शौचालयमा मृत अवस्थामा फेला परेको थियो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिएको र घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै