• २०८१ असोज १ मंगलबार

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीश संसदीय सुनुवाइ समितिबाट अनुमोदित

kharibot

काठमाडौँ । संघीय संसदको संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन गरेको छ ।

बुधबार बसेको सुनुवाई समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल,टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको नाम अनुमोदन गरेको हो ।

गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै अब राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै