• २०८१ बैशाख १६ आइतबार

कुवेतका अमिर शेख नवाफको ८६ बर्षको उमेरमा निधन

kharibot

कुवेत । कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ । २०२० मा ८३ बर्ह्सको उमेरमा आमिर बनेका शेखको पछिल्ला बर्षहरुमा स्वास्थ्य बिग्रिएको थियो ।

शनिबार शेखको निधनको खबर आउनेबित्तिकै देशका सबै टेलिभिजन च्यानलमा मनोरञ्जनात्मक कार्यक्रम अचानक बन्द गरेर शोक सन्देश देखाइएको थियो । शेख नवाफ नोभेम्बरदेखि निकै बिरामी थिए । तर, उनको स्वास्थ्यको बारेमा सार्वजनिक रूपमा कुनै जानकारी दिइएको थिएन ।

केही दिनअघि शेख नवाफलाई उपचारका लागि अमेरिका लगिएको खबर आएको थियो । मार्च २०२१ मा पनि उनी उपचारका लागि अमेरिका गएका थिए ।

अमिर बन्नु अघि नवाफले गृह र रक्षा मन्त्रालय सम्हालेका थिए । केही रिपोर्टका अनुसार शाही परिवारका केही व्यक्ति उनलाई २०२० मा अमिर बनाउने पक्षमा थिएनन्, किनभने त्यतिबेला नै उनी ८३ वर्षका थिए र स्वस्थ ठिक थिएन । तर, कुवेतको ४२ लाख जनसंख्यामा उनी सुरुदेखि नै निकै लोकप्रिय थिए ।

शेख नवाफ ८३ वर्षको उमेरमा युवराज बन्ने विश्वका पहिलो अमिर हुन् भन्ने विश्वास गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा, उनी क्राउन प्रिन्स बन्ने विश्वको सबैभन्दा वृद्ध व्यक्ति थिए ।

कुवेत तेल भण्डारको हिसाबले विश्वको छैटौं ठूलो देश हो । यसलाई सन् १९९१ गल्फ युद्धपछि अमेरिकाको सबैभन्दा ठूलो तेल र रक्षा साझेदार मानिन्छ । इराकी तानाशाह सद्दाम हुसेनलाई सत्ताबाट हटाउन कुवेतको शाही परिवारले ठूलो भूमिका खेलेको थियो। कुवेतमा हाल १३ हजार ५०० अमेरिकी सैनिक छन् र कुवेतमा एक अमेरिकी सैन्य आधार पनि  छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै