• २०८१ बैशाख १६ आइतबार

बालकृष्ण खाँणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

kharibot

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ ।

उक्त सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा आज पेसी तोकिएको छ ।  कोइरालाको इजलासमा आज यो एक मात्र निवेदन रहेको छ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशहरु जनक पाण्डे र प्रकाह खरेलबीच खाँणलाई थुनामा राख्ने की धरौटीमा छोड्ने भन्ने विषयमा राय बाझिएको थियो । 

न्यायाशीश पाण्डेयले खाँणलाई ३० लाख धरोटीमा छोड्नु पर्ने राय दिएका थिए । उता न्यायाधीश खरेलले थुनामै राख्नु पर्ने राय दिएका थिए । 

दुवै न्यायाधीश हरुको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ हुने भएको हो । 
आज सुनुवाइका लागि गोलाप्रथाबाट छानिएका न्यायाधीश कोइरालाले खाँणलाई साधारण तारिखमा छोड्ने की थुनामै राख्ने भन्नेबारे आदेश दिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै