• २०८१ बैशाख १५ शनिबार

फिल्म 'मायाका रंगहरु’मा पल शाह अनुबन्धित

kharibot

काठमाडौँ । अभिनेता पल शाहले यतिबेला लगातार फिल्ममा सम्झौता गरिरहेका छन् ।

दुई हप्ताअघि फिल्म ‘मायावी’को छायांकन भ्याएका उनी आगामी माघ पहिलो साताबाट फिल्म ‘पूजार सार्की’मा काम गर्दैछन् । यस वर्षको अन्त्यतिर भने उनी फिल्म ‘अवतार’मा काम गर्ने तयारीमा छन् । यसबीच, उनले सोमबार केवल तामाङको निर्माण र निर्देशन रहने फिल्म ‘मायाका रंगहरु’ सम्झौता गरेका छन् ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने यो फिल्ममा पलले ‘पूजार सार्की’पछि मात्र काम गर्ने बताइएको छ । अर्थात् आगामी फागुन अन्तिमबाट फिल्मको छायांकन हुनेछ । भारतको सिक्किममा फिल्मको ९० प्रतिशत छायांकन हुनेछ भने बाँकी १० प्रतिशत दार्जिलिङ, इलाम र काठमाडौंमा हुने जनाइएको छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्म प्रेमकथामा आधारित हुने शीर्षकबाट नै बुझ्न सकिन्छ ।

भद्र भुजेल तथा राम मेहरा मुख्य सहायक निर्देशक रहने फिल्ममा सौरभ लामाको डीओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहने बताइएको छ । फिल्मले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै मजबुद बनाउने निर्देशक तामाङको विश्वास छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै