• २०८१ बैशाख २२ शनिबार

केबिएल सेक्यूरिटिजको धितोपत्र कारोबार शुभारम्भ

kharibot

काठमाडौँ । केबिएल सेक्यूरिटिज लिमिटेडले औपचारिक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ ।

कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा केबिएल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले उल्लेख गरेका छन् । केबिएल सेक्यूरिटिजले शेयर ब्रोकर नम्बर ९४ को रुपमा कारोबार शुभारम्भ गरेको छ ।  

केबिएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै