• २०८१ बैशाख १६ आइतबार

विराटनगरमा आगलागी: दुई जनाको मृत्यु

kharibot

विराटनगर । विराटनगरको कबाडी गोदाममा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । 

आगलागीबाट विराटनगर–६ का दीपक मण्डल र अर्का एक परिचय नखुलेको व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  

विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार दिउँसो परफ्युमको बट्टा फुटाल्ने क्रममा गोदाममा आगलागी भएको थियो । 

आगलागीमा घाइते अन्य तीनजना सुशिला पासमान, रिता सरदार र पिंकी मण्डलको न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने किशोर पासमानको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका साथै विराटनगर महानगरपालिकाको दुई वटा, दुहबी र सुन्दर हरैचाको एक एक गरी चार वटा दमकल प्लेरयोग गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय