• २०८१ बैशाख १७ सोमबार

अस्वस्थ गृहमन्त्री श्रेष्ठलाई भेटन अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन् ।

हिजो राती गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरे पछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । 

अस्पतालमा भर्ना भएका श्रेष्ठलाइ भेटन प्रधानमन्त्री अस्पताल पुगेका हुन् । 

गृहमन्त्री श्रेष्ठका स्वकिय सचिव बिजय गौतमका अनुसार उनको स्वास्थ्य स्थीति सामान्य र स्थिर रहेको छ । उनका अनुसार मङ्सिर १९ गते बेलुकी एन्जियोग्राम गरी देब्रे नसाको एन्जियोप्लाष्टी सम्पन्न गरिएको छ । यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उनको एन्जियोप्लाष्टी गरिएको थियो ।

सघन कक्षमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको गृह मन्त्रालयले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै