• २०८१ बैशाख २८ शुक्रबार

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

kharibot

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

आइतबार आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकिाराम पोखरेलले ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाइरहेको ३२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरेको हो । 

‘नेपाल अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, २००६ को पक्ष राष्ट्र समेत भएको हुँदा ती महासन्धिका प्रावधान, नेपालको संविधान, आपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अन्य कानून र नीतिहरुले व्यवस्था गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हुन्छ ।’ विज्ञप्तीमा उल्लेख छ । 

आयोगले नेपाल सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने गरी निर्माण गर्न अपाङ्गता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न, अपाङ्गता भएका व्यक्तिहरुको यकीन तथ्याङ्क सङ्कलन गरी सोही अनुरुपको नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न अनुरोध समेत गरेको छ । 

साथै शिक्षा, स्वस्थ्य, रोजगारीलगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरुको संरक्षण र संवद्र्धन गर्न सिफारिश गरेको समेत आयोगलाई स्मरण गराएको छ । आयोगले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारका प्रश्नमा अभैm समस्यामा रहिरहनु उपयुक्त नभएको विषयमा संघीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

विश्वले हरेक वर्ष ३ डिसेम्बरको दिनलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रूपमा मनाउँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै