• २०८१ बैशाख १७ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको पावरब्यांक पड्कियो

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुले बोकेको ह्याण्डब्यागमा पावरब्यांक पड्किएर आगो लागेको छ । बिहान साढे ११ बजेको उडानमार्फत ति यात्रु चीन जान लागेका थिए ।

विमानस्थलमा बोर्डिङ पास लिएर विमानमा चढ्ने प्रतिक्षामा रहेका चिनियाँ यात्रुले झोलामा राखेको पावरब्यांकमा चाज गरेरै आइप्याड चलाइरहेको बेला पावरब्यांक पड्किएर झोलामा आगो लागेको थियो ।

एयर चाइनाको जहाजबाट चीन जान लागेका यात्रुले बोकेको ह्याण्डब्यागमा आगो लागेपछि गागो तत्काल निभाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष साहले जानकारी दिए ।

उनका अनुसार ती यात्रुले ब्यागभित्र रहेको पावरब्यांकमा जोडेर आइप्याड चलाइरहेका थिए । सो घटनापछि ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । ती यात्रु र विमानस्थलमा कुनै क्षति भएको छैन्, अवस्था सामान्य रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै