काठमाडौँ । युरोकप छनौट अन्तर्गत बेल्जियमले अजरबैजानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले अजरबैजानलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए । त्यस्तै अर्को गोल लीन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए । यस खेलमा अजरबैजानका एडी पासकुलले खेलको २४औं मिनेटमा रातो कार्ड कार्ड पाएका थिए ।
यो जितसँगै युरोकप छनौटको समुह एफमा ८ खेलमा २० अंकसहित पहिलो हुदै युरोकपमा छनौट भएको छ । यस समुहबाट अस्ट्रिया ८ खेलमा १९ अंकसहित दोस्रो हुदै युरोकपमा छनौट भएको छ ।
त्यस्तै अजरबैजानको भने ८ खेलमा ७ अंक रहेको छ र समुहमा चौथो स्थानमा रहेको छ ।