• २०८१ बैशाख १७ सोमबार

‘सरसफाइ सभ्यतासँग जोडिएको छ’

kharibot

काठमाडौँ । ‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ । सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए ।

साहले सरसफाइ मानिसको सभ्यता र संस्कारसँग पनि जोडिएको बताउनुभयो । हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रममा साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि सो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले सहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

मानव समुदायलाई मानवजन्य दिसापिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तको गति बढाउँदै’ भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइ हुने अवस्थामा पु¥याउने कार्यमा प्रगति भने सुस्तगतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । 

राष्ट्र सङ्घका अनुसार विश्वका साँढे तीन अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुलास्थानमा दिसापिसाब गर्छन् । खुला दिसापिसाबका कारण फैलने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न हामीसँग अब सात वर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न हामीले अहिले गरेको कामको गति पाँच गुणा तीव्र बनाउनु आवश्यक रहेको इञ्जिनीयर रामदीप साहको भनाइ छ । नेपालले  १९ असोज २०७६ मा खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा गरेको छ । 

सरकारले सन् २०११ देखि हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न थालेको थियो । सबैभन्दा पहिला कास्की खुला दिसामुक्त घोषणा भएको थियो । झण्डै नौ वर्षको अनवरत प्रयासपछि २०१९ को सेप्टेम्बर ३० मा यो उपलब्धि हासिल भएको थियो । नेपालमा पूर्ण सरसफाइको अवधारणालाई सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताहका रूपमा कार्यान्वयनमा ल्याइएको थियो । सन् २००३ देखि समुदायको अगुवाइमा यो अभियान बढाइएको थियो ।

सन् २००८ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय सरसफाइ वर्षका रूपमा घोषणा गरेपछि यसले व्यापक जनजागरण ल्याएको तथ्य पेस गर्दै इञ्जिनीयर साहले सन् २०११ मा सरसफाइ गुरुयोजना नै बनाएर सरसफाइका सूचक र चरण निर्धारण गरिएको जानकारी दिए । 

सोही गुरुयोजनाअनुसार आधारभूतस्तरको सरसफाइ सुनिश्चित गर्ने उद्देश्यले सन् २०१७ सम्म प्रत्येक घरमा चर्पी बनाउने अभियान सञ्चालन गरिएको थियो ।  नेपाललाई सन् २०१७ मा नै खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य दुई वर्ष ढिलो गरी २०१९ सेप्टेम्बर ३० मा हासिल हुनसक्यो । दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेर नेपालले शौचालय निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । तर, पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने विषयमा अझै धेरै काम गर्न बाँकी रहेको इञ्जिनीयर साहको भनाइ छ । 

संयुक्त राष्ट्रसङ्घको खानेपानी तथा सरसफाइ हेर्ने निकाय युएन वाटरले सार्वजनिक गरेको विवरणअनुसार  नेपालको ५१ प्रतिशत जनसङ्ख्याले मात्र सुरक्षित सरसफाइ सेवा उपयोग गरेका छन् । आगामी सात वर्षभित्रमा झण्डै आधा जनसङ्ख्यालाई यस्तो सेवा पु¥याउनुपर्ने पर्ने अवस्था छ ।

नेपालका ६४ प्रतिशत जनसङ्ख्यामा साबुन पानीले हात धुने सुविधा प्राप्त छ । यसलाई पनि शतप्रतिशत पु¥याउनुपर्नेछ । घरबाट निस्कने फोहर पानीको प्रशोधन तथा सही व्यवस्थापन ३९ प्रतिशतमात्र हुनसकेको छ । बाँकी ६१ प्रतिशत फोहर पानीको प्रशोधन र सही व्यवस्थापन गर्ने चुनौती बाँकी नै छ ।

नेपालमा सहरीकरण तीव्र गतिमा बढेको तर त्यही गतिमा सहरी पूर्वाधार खास गरेर ढल र नालीका पानी बग्ने संरचनाको उचित व्यवस्थापनको काम गर्न बाँकी रहेको उहाँको भनाइ छ । विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर स्मार्ट वास सोलुसनले  वाटर एड नेपाल र एसएनभी नेपालसँगको सहकार्यमा शुक्रबार एक कार्यक्रमको आयोजना गरिएको पूर्वमन्त्री साहले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घले तय गरेको मूल नारा तीव्र परिवर्तनलाई सहयोग पुग्ने गरी तय गरिएको सार्वजनिक शौचालयको व्यवस्थापन विषयको सेरोफेरोमा रहेर सो कार्यक्रममा विज्ञले पाँच वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । छलफलबाट प्राप्त निष्कर्ष र सुझाव सरकार र सरसफाइमा संलग्न राष्ट्रसङ्घीय निकाय समक्ष प्रस्तुत गरिनेछ ।

यसले राष्ट्रसङ्घद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको कार्यक्रमलाई गति दिन सघाउने विश्वास व्यक्त गरिएको छ । नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउने, सहर र मानव बस्ती स्वच्छ र सफा राख्ने, मानव सभ्यता र संस्कार विकसित गर्ने अभियानलाई घरघर र जनजनमा पु¥याउनु जरुरी रहेको पूर्वमन्त्री साहले उल्लेख गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै