• २०८१ कार्तिक ६ मंगलबार

घट्यो सुनचाँदीको मुल्य

kharibot

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन तोलामा एक हजार रुपैयाँ घटेको हो ।

आज छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै