• २०८१ बैशाख १५ शनिबार

गाजामा शासन गर्न चाहदैनौं- प्रधानमन्त्री नेतान्याहु

kharibot

जेरुसलेम । गाजामा शासन गर्न नचाहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जनाएका छन् । 

इजरायलका प्रधानमन्त्री नेतान्याहुको यो टिप्पणी केही दिनपछि आएको छ, जहाँ उनले युद्ध समाप्त भएपछि इजरायलले प्यालेस्टिनी एन्क्लेभमा ‘अनिश्चित अवधि’ को लागि सुरक्षा नियन्त्रण लिन सक्ने सुझाव दिएको जनाएका थिए । 

अमेरिकामा बिहीबार साँझ प्रसारित फक्स न्युजसँगको अन्तर्वार्तामा नेतान्याहुले इजरायली सेनाले हमासको उन्मूलन नभएसम्म गाजामा आफ्नो आक्रमण जारी राख्नेसमेत बताएका छन् । । ‘यसलाई कसैले रोक्न सक्दैन,’ उनले भने।

यसैगरी, गाजामा बन्दीहरूलाई रिहा नगरेसम्म इजरायल युद्धविराममा सहमत नहुने नेतान्याहुले पनि दोहोर्‍याएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै