• २०८१ बैशाख १५ शनिबार

अन्तर्राष्ट्रिय क्रिकेट टाइमआउट हुने पहिलो खेलाडी बने म्याथ्युज

kharibot

काठमाडौँ । श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा टाइमआउट हुने पहिलो खेलाडी बनेका छन् । बंगलादेशविरुद्धको क्रिकेट विश्वकपको खेलमा श्रीलंकाका सादिरा समराविक्रमा आउट भएपछि म्याथ्युज श्रीलंकाको स्कोरलाई अगाडि बढाउन क्रिजमा पुगेका थिए ।

यसअघि श्रीलंकाको स्कोर २४.२ ओभरमा चार विकेट गुमाएर १३५ रन थियो । एन्जेलो म्याथ्युज आइसीसीको समय सीमाभित्र ब्याटिङ गर्न क्रिजमा पुगेका थिए, तर उनले आफ्नो हेल्मेटको स्ट्र्यापलाई कस्नका लागि तानेपछि त्यो फुट्यो । यसैबीच, ३ मिनेटको समय सीमा बित्यो र बंगलादेशका खेलाडीले अम्पायरलाई उनलाई आउट घोषित गर्न अपील गरे ।

यसपछि उनले बंगलादेशका कप्तान शकिब अल हसनलाई उनको हेलमेटमा केही समस्या भएको कुरा बुझाउने प्रयास गरे । तर शकिब अल हसनले आफु आफ्नो अपिलमा गम्भीर रहेको बताए । यसपछि अम्पायरले उनलाई टाइम आउट घोषित गरे र उनी अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो खेलाडी बने ।

म्याथ्युज प्याभेलीयनमा फर्किंदै गर्दा हेल्मेट फालेको देखियो, जसको तस्विर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आईसीसीको नियम अनुसार क्रिजमा रहेका खेलाडी आउट हुँदा उनको प्रतिस्थापनले बढीमा ३ मिनेटभित्र बलरसँग सामना गर्न तयार हुनुपर्छ, अन्यथा अम्पाएरले टाइमआउट अन्तर्गत खेलाडीलाई आउट गर्नसक्ने नियम रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै