• २०८१ बैशाख १५ शनिबार

हमासले अपहरण गरेका दुई महिला रिहा

kharibot

काठमाडौँ । हमासले अपहरण गरेका दुई महिलालाई रिहा गरेको छ । अक्टोबर ७ मा दक्षिणी इजरायलको किबुज क्षेत्रबाट हमासले अपहरण गरेका दुई महिला योशवेद लिफसिट्ज र नुरिट कुपरलाई रिहा गरेको हो ।

उनीहरु बृद्ध महिला रहेका छन् । उनीहरुका ८५ र ८३ बर्षका पतिहरु अहिलेपनि आफैसँग रहेको हमासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

हमासको अपहरणबाट मुक्त भएका दुई महिला अहिले इजिप्ट पुगेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । उनीहरुलाई अहिले अस्पताल लागिएको र उनीहरुका आफन्तसँग भेट गराइएको इजरायलका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हमासले अपहरण गरेकालाई छुटाउन इजिप्टले पहल गरेको र रेडक्रसले यसको मध्यस्थता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु गरेपछि २ सयभन्दा बढीलाई अपहरण गरेर गाजा लागेको थियो । जसमा कैयौं विदेश नागरिक समेत रहेका छन् । सो आक्रमणमा अहिलेसम्म एक नेपालीको अवस्था समेत अज्ञात रहेको छ । 

सो आक्रमणपछि शुरु भएको युद्धमा अहिलेसम्म गाजामा ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने इजरायलमा १४ सयभन्दा बढीको मृत्यु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै