• २०८१ बैशाख २२ शनिबार

राजपालाई निषेधको राजनीति नगर्न ओलीको आग्रह 

kharibot

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपालाई निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । 

मंगलबार जनकपुरमा भएको घटनाको बारेमा बोल्दै नेता ओलीले राजनीति गर्ने हो भने राजनीतिक आचरण अनुसार राजनीति अग्रण आग्रह गरेका हुन् ।  अध्यक्ष ओलीले प्रतिबादको राजनीति गर्न एमालेलाई बाध्य नबनाउन राजपालाई आग्रह गरेका छन् । 

आफ्नो स्वास्थ्य उपचारका लागि एक साता अघि थाइल्याण्ड गएका अध्यक्ष ओली आज फर्केपछि विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्दै सरकार र निर्वाचन आयोगले पनि जनकपुर घटनाको बारेमा स्पष्ट गर्न माग गरेका छन् । 

निर्वाचन आयोगको कार्य शैली प्रति असन्तुष्ट जनाउदै अध्यक्ष ओलीले राजपाको निषेधको राजनीति प्रति आयोगले कुनै कदम नउठाएकोमा आक्रोश व्यक्त गरेका थिए । 

सरकारले आज दुई चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको प्रति अध्यक्ष ओलीले यस अघि निर्वाचन आयोगले दुई चरणमा गर्ने सुझाव दिएपनि एकै चरणमा गर्न मङ्सिर १० गते तोकिएकोमा फेरी दुई चरणमा निर्वाचन गर्ने निर्णय बारे आफुले बुझ्न नसकेको प्रतिक्रिया दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै