• २०८१ बैशाख २२ शनिबार

उपचारका लागि ओली थाइल्याण्ड जाँदै

kharibot

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाँदै छन् । 

थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । 

अध्यक्ष ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जाने छन् । यही भदौं १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए । 

नियमित स्वास्थ्य उपचारका लागि उनी ६-६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि जेठमा उनी उपचारका लागि बैंकक गएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै