• २०८१ बैशाख २२ शनिबार

रोहितको सिंघममा दीपिकाको इन्ट्री

kharibot

काठमाडौँ । रोहित शेट्टी आफ्नो चर्चित पुलिस ब्रह्माण्डको अर्को फिल्म ‘सिंघम अगेन’ मा काम गरिरहेका छन् । यो फिल्म सिंघमको तेस्रो भाग हो । यस फिल्ममा अजय देवगनसँगै अक्षय कुमार, रणवीर सिंह, करीना कपूरका साथै दीपिका पादुकोणको पनि इन्ट्री भएको छ ।

रोहितले यस फिल्मको दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन् । यस फस्ट लुकमा दीपिका प्रहरीको ड्रेसमा निकै खतरनाक देखिएकी छिन् । एउटा तस्विरमा हातमा बन्दुक लिएर मुस्कुराएकी छिन् भने अर्को तस्विरमा गुण्डालाई मारिरहेको देख्न सकिन्छ ।

दीपिकाको यो क्यारेक्टरको परिचय दिँदै रोहितले लेखेका छन्, 'नारी सीताको रूप हो र दुर्गाको पनि... हाम्रो पुलिस ब्रह्माण्डको सबैभन्दा क्रूर र हिंस्रक अधिकारीलाई भेट्नुहोस्... शक्ति शेट्टी... माई लेडी सिंघम... दीपिका ।'

रोहितले यसअघि दीपिका पादुकोणसँग चेन्नई एक्सप्रेसमा पनि काम गरिसकेका छन् । ‘सिंघम अगेन’को सुटिङ हैदराबादमा भइरहेको छ । रोहित पहिलो पटक यो फिल्मको क्लाइम्याक्स दृश्य सुटिङ गर्दैछन् । रोहितले फिल्मको क्लाइमेक्स सिक्वेन्समा ठूलो रकम खर्च गरेका छन् । उनले हैदराबादको रामोजी फिल्म सिटीमा २५ करोडको लागतमा यसको क्लाइम्याक्सको ठुलो शुटिङ गर्दैछन् ।

मिडिया रिपोर्टका अनुसार टाइगर श्राफ र अर्जुन कपुर पनि यो फिल्ममा देखिन सक्नेछन् । दुवै खलनायकको भूमिकामा देखिनसक्ने बताइएको छ । फिल्म सूर्यवंशी पछि, यो दोस्रो पटक हुनेछ जब रोहितका तीनै पुलिस पात्र अजय देवगन, अक्षय कुमार र रणवीर सिंह एक साथ फिल्ममा देखिनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै