• २०८१ बैशाख १५ शनिबार

लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा

kharibot

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एशियन जोनको पहिलो चरणमा लाओसको सामना गर्ने भएको छ । 

अखिल नेपाल फुटबल एसोसियसन (एन्फा) का अनुसार नेपालले पहिलो चरणको पहिलो लिग लाओससँग असोज २५ गते दशरथ रंगशालामा खेल्ने भएको छ । यो खेल नेपालले बिहीबार साँझ ५: ३० बजे लाओससँग खेल्नेछ ।

त्यस्तै  दोस्रो लिग असोज ३० गते खेल्ने छ । 

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडी रहेको छ ।  लाओस अहिले फिफाको वरियतामा १८६औ स्थानमा छ भने नेपाल १७५औ स्थानमा रहेको छ ।  

यो खेलको विजेताले एशिया क्षेत्रको छनौटको दोस्रो चरणमा समुह एचमा स्थान बनाउने छ । जसमा युएइ र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ । 

लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् ।

लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम: 

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट ।

मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी ।

फरवार्डः अन्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै