• २०८१ बैशाख २० बिहीबार

गरिमा विकास बैंकले सुरु गर्यो पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा 

kharibot

काठमाडौं । नेपालमा करिब तीन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ । क्रेडिट कार्डको प्रयोग, उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम जनमानसमा नपुगेको मान्न सकिन्छ ।

“आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुका लागि सुरुवात गरिसकेको छ । यसलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । 

यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ०% ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने छ । साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । 

आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकले योे सुविधा मार्फत लाभ उठाउन सक्नेछन् । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ । 

हाल, गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै