• २०८१ बैशाख २० बिहीबार

कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन सिकाएनौँ- मनिष झा

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक दल तथा अन्य समूहले कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन नसकिएको भन्दै कटाक्ष गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले पहिले दलको झण्डा र त्यसपछि सम्प्रदाय र अहिले जात र धर्मको झण्डा बोक्न सकिएको भन्दै कटाक्षस गर्दै देशको झण्डा बोक्न नसकिएको बताए । 

‘केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ, त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सकियो, र अहिले धर्मको झण्डा बोक्न सिकाउँदै छ,’ उनले भने, ‘तर, कुनै पनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ । यो देशको झण्डा बोक है, जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण हुन्छ भनेर । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै