काठमाडौँ । अफगानिस्तान जारी एशियन गेम्स अन्तर्गत क्रिकेटको सेमिफाइनलमा पुगेको छ । बुधबार विहान सम्पन्न क्वाटरफाइनलमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको ११७ रनको लक्ष्य पछाएको श्रीलंका १९.१ ओभरमा १०८ रन बनाएर अल आउट भएपछि खेल अफगानिस्तानले ८ रनले जितेको हो ।
यस अघि अफगानिस्तानले पहिला ब्याटिंग गर्दै १८.३ ओभरमा अल आउट हुदै ११६ रन बनाएको थियो ।
अब सेमिफाइनलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्ने छ । सेमिफाइनलका खेल शुक्रबार हुने छन् । त्यस्तै भारतले नेपाललाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ भएन सेमिफाइनलमा भारतले बंगलादेश र मलेसियावीचको विजेतासँग खेल्ने छ ।