• २०८१ बैशाख २६ बुधबार

बाढी प्रभावित क्षेत्र कागबेनी पुगे गण्डकीका मुख्यमन्त्री पाण्डे

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुगेका छन् ।

गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उनी मुस्ताङको कागवेनी पुगेका हुन । 

हिमाल पारीको जिल्लामा अचानक आएको उक्त बाढीले दर्जनौं घर तथा संरचनाहरु क्षति हुन पुगेको छ, जसमध्ये २ वटा बैंक पनि बगाएको थियो ।

अहिले स्थानीयहरु पुनः निर्माणमा जुटिरहेको बेला पुगेका मुख्यमन्त्री पाण्डेसँग सहयोगका लागि अनुरोध गरेका छन । 

प्रारम्भिक अनुमान अनुसार बाढीबाट करिव ३ अर्वभन्दा बढीको क्षति भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै