काठमाडौँ । दयाहाङ राई र सौगात मल्लले एकसाथ अभिनय गरेको नयाँ फिल्म ‘हात्तीछाप’ आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका मुख्य कलाकारहरुलाई समेटेर निर्माण टिमले दुईवटा पोस्टर सार्वजनिक गरेको छ ।
फिल्ममा सौगात, दयाहाङ र उपासनाको साथमा वेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ र विल्सन विक्रम राईको अभिनय रहेको छ । पोष्टरबाट फिल्म ग्रामीण जीवनको परिवेशमा बनेको बुझ्न सकिन्छ ।
सिमोस सुनुवारद्वारा निर्देशित ‘हात्तीछाप’मा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, सुष्मा निरौला आदिको पनि अभिनय छ । प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । पुष्कर गुरुङ र अमलादेवी राई निर्मातामा छन् ।
त्यस्तै फिल्मका कार्यकारी निर्माता सरोज नेपाली रहेका छन् ।