• २०८१ बैशाख २२ शनिबार

एमाले नेता नेपाललाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टिकरण

kharibot

काठमाडौं । निर्वाचन आयोगले एमाले नेता माधव कुमार नेपालसँग २४ घण्टे स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएर प्रचार प्रसारमा संग्लन भएको भन्दै आयोगले स्पष्टिकरण मागेको हो ।

आयोगका अनुसार बीरगञ्जमा सोमबार आयोजित घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता-कार्यकर्ताले पार्टीको निर्वाचन चिहृन अंकित टोपी लगाएको पाइएको छ ।

आयोगको ‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचार प्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेकपा (एमाले)लाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने ।’ भन्दै नेता नेपाललाई स्पष्टिकरण सोधेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै