• २०८१ बैशाख २२ शनिबार

कांग्रेस नेतालाई चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

kharibot

काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेस, वीरगञ्ज महानगरपालिका–१५ का पार्टी सभापति अनिल सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको उपर कारबाही गर्नुपर्ने हो कि होइन भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । 

सभापति सिंहको नेतृत्वमा करिब २०० वटा मोटरसाइकलमा ४०० जनाको सङ्ख्यामा चुनाव प्रचारप्रसार गर्दै मोटरसाइकल ¥याली निकाली नगर परिक्रमा गरेको भन्ने उजुरीका आधारमा आयोगले यस्तो निर्देशन दिएको आयोगका सचिव सूर्यप्रसाद शर्माले जानकारी दिए । 

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जिइओसी) बाट प्राप्त प्रतिवेदनका आधारमा आयोगले सभापति सिंहलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पठाउन निर्देशन जारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै