• २०८१ बैशाख २० बिहीबार

एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि आज मतदान हुदैँ

kharibot

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि अाज मतदान हुदैँछ ।

अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । मतदान आज बिहान ८ बजे देखी सुरू हुने भनिएको भएपनि अहिलेसम्म शुरु हुन सकेको छैन । 

अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

कर्णालीमा अध्यक्षका लागि तीन जनासहित उपाध्यक्षका लागि तीन, सचिवका लागि दुई जना, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै