• २०८१ बैशाख २५ मंगलबार

एशियन गेम्सको मार्चपासमा नीमा र वीरले नेपालको झन्डा बोक्ने

kharibot

काठमाडौं । १९औं एसियाली खेलकुदको उद्घाटन समारोहको मार्चपासमा नीमा घर्तिमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने भएका छन् ।

नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार महिलामा उसुकी नीमा र पुरुषमा तेक्वान्दोका वीरबहादुरले यो ऐतिहासिक अवसर पाउन लागेका हुन् । 

नीमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता हुन् । यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए ।

टोकियो ओलम्पिक्सदेखि महिला र पुरुष एक-एकजनाले झन्डा बोक्ने परम्परा सुरु भएको हो ।

दुई घण्टाको उद्घाटन समारोहको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् । नेपालबाट अहिलेसम्म १५ खेलका खेलाडी तथा पदाधिकारी चीन प्रस्थान गरिसकेका छन् । यी खेलाडी मार्चपासमा सहभागी हुनेछन् । 

यस एशियन गेम्समा नेपालबाट २९ खेलका २५३ खेलाडी सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै