• २०८१ जेठ ३ बिहीबार

आजदेखि साफ यू–१९ च्याम्पियनसिप, नेपालले पाकिस्तानको सामना गर्दै

kharibot

काठमाडौँ । आजदेखि काठमाडौँमा साफ यू–१९ च्याम्पियनसिप शुरु हुदै छ ।

यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा माल्दिभ्स र पाकिस्तानसँग रहेको छ भने समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आज अपराहन्न ५: ३० बजे पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यस्तै समुह बि मा रहेको भारत र बंगलादेशबीचको खेल आजै दशरथ रंगशालामा दिउँसो १: ३० बजेदेखि सुरु हुनेछ । 

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघिका चार संस्करण नेपाल र भारतले मात्र जितेका छन् । नेपाल र भारत दुवैले यसअघि दुई-दुई पटक साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपालले २०१५ र २०१७ मा उपाधि जितेको थियो भने भारतले २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

साफ यू-१९ प्रतियोगिताका लागि नेपालले २३-सदस्यीय टिम घोषणा गरेको छ । यू-१९ टिमको प्रशिक्षकमा प्रशिक्षक सुनिल श्रेष्ठ रहेका छन् ।

नेपाली यू-१९ टिम:

गोलकिपर- जियारत शेख, रविन बोगटी र अमित तामाङ ।
डिफेन्डर- सेमन्ता थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासाइने, दीपक थापा मगर, निशाङ पाराङडेन (लिम्बु) र गौरव महर्जन ।
मिडफिल्डर- कुशल देउला, लक्षु थापा, प्रशान्त लक्षम, अभिनाश स्याङ्तान, अनिल भोम्जन, धनसिंह बिके, हरिशराज भट्ट र नेल्सन तामाङ
फरवार्ड- समिर तामाङ, निराजन धामी, सुजन डंगोल र सिद्धार्थ अधिकारी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै