• २०८१ बैशाख १६ आइतबार

हस्तकला विधेयक तयार भइसक्यो- मुख्यमन्त्री जम्कट्टेल

kharibot

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा हस्तकला विधेयक तयार भसकेको बताएका छन् ।

संविधान दिवसका अवसरमा हस्तकला सङ्घ वाग्मती प्रदेश कार्यालयले आयोजना गरेको प्रदर्शनीमा उनले सो कुरा बताएका हुन् ।

उक्त विधेयक लागू भइसकेपछि हस्तकलाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न सकिने चर्चा गर्दै मुख्यमन्त्री जम्कट्टेलले  हस्तकलाबाट स्वरोजगार सिर्जना र  विदेशमा समेत निर्यात  भएर राज्यलाई आम्दानी भइरहेकाले यसको विकास र प्रबद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र आयोजक सङ्घका अध्यक्ष नवीन शाक्यलगायतले हस्तकलाका विविध विषयमा चर्चा गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै