• २०८१ कार्तिक ६ मंगलबार

मस्तिष्क र निद्राबीच के छ सम्बन्ध ?

kharibot

काठमाडौँ । निद्राको कमीले धेरै समस्या निम्त्याउँछ । हाम्रो मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन । हामी सबैलाई यो थाहा छ, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ किन यस्तो हुन्छ ? निन्द्रा नपुग्दा हाम्रो दिमागले किन काम गर्दैन ? मस्तिष्क र निद्रा बीच के सम्बन्ध छ ?

अनुसन्धानकर्ताहरूका अनुसार निद्राको कमीले हाम्रो मस्तिष्कलाई ठूलो नोक्सान पुर्‍याउँछ । यसले अल्जाइमर जस्ता न्यूरोलोजिकल रोगहरू निम्त्याउन सक्छ ।

हाम्रो मस्तिष्कमा एक सुरक्षात्मक प्रोटिन हुने, जसको स्तर निद्राको कमीले घट्ने एक अध्ययनले देखाएको छ । साथै, निद्राको कमीले हिप्पोक्याम्पसलाई पनि क्षति पुर्‍याउँछ, जसलाई मस्तिष्कको मेमोरी हब भनिन्छ । जसका कारण स्नायुसम्बन्धी रोग लाग्ने गर्दछ । प्लियोट्रोफिन प्रोटिनको कमीले हिप्पोक्याम्पसमा बन्ने कोशिकाहरूलाई नष्ट गर्छ ।

निद्राको कमीले मस्तिष्कमा हुने परिवर्तनहरू बुझ्न वैज्ञानिकहरूले मुसामा प्रयोग गरे र त्यसपछि प्रोटिनको कमी र आरएनएमा हुने परिवर्तनहरू जाँच गरेका थिए । सबैभन्दा पहिले वैज्ञानिकहरुले मुसालाई दुई दिन सुत्न दिएनन् । यस पछि, नयाँ चीजहरू सम्झने र भूलभुलैया पार गर्ने क्षमताको परीक्षण गरियो ।

अर्को शब्दमा, अन्वेषकहरूले कम निद्रा पाएका मुसाहरूको मेमोरी परीक्षण गरे । यसपछि, तिनीहरूले मुसाको हिप्पोक्याम्पी (यसलाई मानव मस्तिष्कको हिप्पोक्याम्पस भनिन्छ) मा बनेको प्रोटिन निकाले र ती प्रोटीनहरू पहिचान गरे जसमा परिवर्तनहरू भएका थिए ।

यसपछि, उनीहरूले यी प्रोटिनहरूको डाटालाई पर्याप्त निद्रा पाएका मुसाको प्रोटिनसँग तुलना गरे । यसले कम सुत्ने मुसामा प्लियोट्रोफिन नामक प्रोटिनको मात्रा निकै कम भएको खुलासा गरेको छ । यही प्रोटिन मानिसको हिप्पोक्याम्पसमा पनि हुन्छ । यसको कमीका कारण हिप्पोक्याम्पसमा बनेका कोशिकाहरू मर्न थाल्छन् र मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन ।

अध्ययनका अनुसार गहिरो निद्रामा एक समय यस्तो आउँछ जब मस्तिष्क बलियो हुन्छ । यो अवधिमा स्मरणशक्ति पनि बलियो हुन्छ । शोधकर्ताहरूले अध्ययन सञ्चालन गर्न बन्द-लुप प्रणालीको मद्दत लिएका थिए । यो एक प्रणाली हो जसले मस्तिष्कको एक भागमा पठाइएका विद्युतीय संकेतहरूलाई अर्को भागमा भण्डारण गरिएका सम्झनाहरूसँग मर्ज गर्दछ ।

निद्राको समयमा मस्तिष्कले सूचनालाई मेमोरीमा कसरी रूपान्तरण गर्छ भन्ने बारेमा, निद्राको समयमा, मस्तिष्कको मेमोरी हब भनिने हिप्पोक्याम्पस र तर्क सेरेब्रल कोर्टेक्स एकअर्कासँग अन्तरक्रिया गर्ने बताइएको छ । यो गहिरो निद्राको बेला हुन्छ, जब मस्तिष्कबाट निस्कने छालहरू अत्यन्तै ढिलो हुन्छन् । यस समयमा, मस्तिष्कको विभिन्न भागहरूमा न्युरोन्सहरू एकअर्कासँग जानकारी आदान प्रदान गर्छन्।

जसद्वारा न्यूरोन्सले आपसमा सूचना आदानप्रदान गर्छन् । मेमोरी हबले योजना र तर्क भागबाट जानकारी लिन्छ र निद्राको समयमा मेमोरीमा रूपान्तरण गर्दछ। निद्रा र अल्जाइमरको बीचमा सीधा सम्बन्ध छ, अनुसन्धानले कम्तिमा साढे ७ घण्टा घण्टा सुत्नु उत्तम हुने पनि देखाएको छ ।

यसअघिको अनुसन्धानले अधुरो निद्राको कारण अल्जाइमर रोगसँग सम्बन्ध रहेको खुलासा गरेको थियो । स्मरणशक्ति कम हुनु, अन्योल महसुस हुनु र नयाँ कुरा बुझ्न ढिलो हुनु अल्जाइमर्सका लक्षण हुन्।

अनुसन्धानकर्ताहरुका अनुसार ८ घण्टा सुत्ने र ३० मिनेट पहिले अलार्म बजाउने हो भने साढे सात घण्टा सुत्दा मस्तिष्कमा सकारात्मक प्रभाव पर्छ । अल्जाइमर रोगको जोखिम कम गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै