• २०८१ कार्तिक ६ मंगलबार

एलन मस्कका कारण गुगलका सह-संस्थापक ब्रिन र निकोलको सम्बन्ध बिच्छेद

kharibot

काठमाडौँ । गुगलका सह-संस्थापक सर्गेई ब्रिनले श्रीमती निकोल शानाहानसँग सम्बन्धविच्छेद गरेका छन् । निकोल पेशाले व्यवसायी र वकिल हुन् ।

मिडिया रिपोर्टका अनुसार उनको टेस्लाका संस्थापक एलन मस्कसँग अफेयर रहेको विषय बाहिर आएपछि ब्रिनले सम्बन्ध बिच्छेद गरेका हुन् । सर्गेई र निकोलको सम्बन्ध बिच्छेदको प्रक्रिया गत मे २६ मा नै पूरा भएको मिडिया रिपोर्टमा उल्लेख छ । दुवैले आ-आफ्ना ४ वर्षीया छोरीको संयुक्त रुपमा हेर्ने भएका छन् ।

ब्रिन र निकोलले २०१५ मा डेटिङ सुरु गरे र २०१८ मा विवाह गरेका थिए । ब्रिनले निकोलसँग विवाह गरेपछि मात्र उनको पहिलो पत्नी एनी वोजिकीसँग सम्बन्ध विच्छेद भएको थियो । तर, २०२१ देखि ब्रिन र निकोल अलग बस्दै आएका थिए ।

ब्रिनले सन् २०२२ मा सम्बन्धविच्छेदका लागि निवेदन दिएका थिए । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार यसभन्दा एक महिनाअघि नै निकोल र मस्कको अफेयरको खबर भाइरल हुन थालेको थियो । निकोल शानाहान र एलोन मस्क एकअर्कालाई लामो समयदेखि चिन्छन् । दुवैले आफ्नो अफेयरको खबरलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।

यस विषयमा वाल स्ट्रीट जर्नलमा एउटा लेख प्रकाशित भएको थियो । यसको शीर्षक एलोन मस्कको सर्गेई ब्रिनसँगको सम्बन्ध कथित प्रेम सम्बन्धका कारण टुटेको उल्लेख थियो । यस रिपोर्टलाई उदृत गर्दै मस्कले लेखेका थिए- 'सर्गेई र म साथी हौं र हामी एक दिनअघि पार्टीमा सँगै थियौं । मैले निकोललाई पछिल्लो ३ वर्षमा दुईपटक मात्र भेटेको छु । दुबै पटक हाम्रो वरिपरि धेरै मानिसहरू थिए । यसमा व्यक्तिगत केही थिएन ।'

निकोलले अफेयरको समाचारलाई एक स्क्यान्डल र पूर्ण रूपमा ब्रेकिङको रूपमा वर्णन गरेकी थिइन् । उनले मस्क र उनी साथी मात्रै भएको र उनीहरुको कुनै अफेयर नभएको बताएकी थिइन् । डेली मेलको रिपोर्टका अनुसार एलोन मस्क र निकोल शानाहान डिसेम्बर २०२१ मा मियामीमा भएको एक आर्ट इभेन्टमा नजिक आए र उनीहरूको अफेयर सुरु भयो । यद्यपि यो धेरै छोटो समयको लागि थियो ।

मस्क र निकोलको सम्बन्धको विषय बाहिर आएपछि ब्रिनले भने सम्बन्ध बिच्छेद गर्ने अडान लिएका थिए । मस्कले ब्रिनसँग घुँडा टेकेर माफी मागे पनि ब्रिनले सम्बन्ध बिच्छेदको अडान भने नछोडेको बताइएको छ । यही सम्बन्धका कारण उनीहरुको मित्रतामा दरार आएको छ ।

प्युगेट साउन्ड विश्वविद्यालयबाट स्नातक गरेकी निकोल अर्थशास्त्र, एशियाली अध्ययन र मन्डारिन चाइनिज पढेकी छन् । यसपछि उनले सान्ता क्लारा विश्वविद्यालयबाट कानूनको डिग्री पनि लिएकी छन् ।

निकोलले पेटेन्टहरू ह्यान्डल गर्न सफ्टवेयर व्यवसाय क्लीयर एसेस आइपी संचालन गरिरहेकी छन् । यसपछि उनले २०१९ मा बिया–इको नामको आफ्नै फाउन्डेसन पनि सुरु गरेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै