• २०८१ कार्तिक ६ मंगलबार

एटलान्टासँग हार्यो इन्टर मियामी

kharibot

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामी पराजित भएको छ । आइतबार बिहान सम्पन्न खेलमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एटलान्टाको जितमा ट्रीस्टान मुयुम्बा, ब्रूक्स लेनन, जिओर्गोस र टेलर वोल्फ़ले एक एक गोल गरेका थिए । त्यस्तै एक गोल इन्टर मियामीका कमल मिलरले आत्मघाती गरेका थिए ।

त्यसैगरी इन्टर मियामीका लागि दुवै गोल भने लिओनार्दो क्याम्पानाले गरेका थिए ।

यस खेलमा इन्टर मियामीका लागि लियोनेल मेसी भने खेलेका थिएनन् । यस खेलका लागि खेल शुरु हुनु अघि सम्म ७० हजारभन्दा बढी टिकट बिक्रि भएकोमा मेसी नखेल्ने खबर बाहिरिएपछि धेरै जसो टिक सस्तोमा पुन: बिक्री भएको र कैयौं फ्यानहरु मैदानमा नै नगएको बताइएको छ ।

यस सिजनको एमएलएसमा इन्टर मियामीको यो १५औं हार हो । गत जुलाईमा मेसी इन्टर मियामी गएपछिको क्लबको यो पहिलो हार पनि हो ।

यो खेलपछि इन्टर मियामीको २७ खेलमा २८ अंक रहेको छ र इस्टर्न कन्फेरेन्समा १४औं स्थानमा छ । त्यस्तै एटलान्टाको भने २९ खेलमा ४५ अंकसहित छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै