काठमाडौँ । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
साधारण सभामा अर्थिक वर्ष २०७३-०७४ को वार्षिक प्रतिवेदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधनसँग सँगै हाल कायम चुक्ता पूँजीको १:१.६७ दरले हकप्रद शेयर जारी गर्ने प्रस्तावहरु पारित भएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको समय सिमाभित्र चुक्ता पूँजी ८० करोड पुर्याउन हकप्रद शेयर निष्काशन गर्न लागिएको जानकारी अध्यक्ष चन्द्र टण्डनले गराए ।
सो वार्षिक साधारण सभामा सँस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित भएका छन् ।