• २०८१ बैशाख १६ आइतबार

टर्कीको गुफामा फसेका अनुसन्धानकर्ताको ९ दिनपछि उद्धार

kharibot

टर्की । टर्किको एक गुफाको ३४०० फिट गहिराइमा फसेका एक अनुसन्धानकर्तालाई ९ दिनपछि सकुशल उद्धार गरिएको छ ।

उनको उद्धारमा ६ देशका १८० ले उद्धार कार्य गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मार्क डिकी नामका ४० वर्षीय शोधकर्ता गुफाको नक्सा बनाउन टर्कीको तेस्रो गहिरो मोर्का गुफामा पुगेका थिए ।

जहाँ उनी सेप्टेम्बर २ मा बिरामी परे र गुफामा फसे । त्यसयता उनलाई बाहिर निकाल्ने अभियान शुरु थालिएको थियो । उनलाई सोमबार राति बाहिर निकालिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

मार्क डिकीका अभिभावकले उद्धारकर्मीलाई धन्यवाद दिएका छन् । गुफाबाट बाहिर निकालेपछि मार्कले आफूलाई राम्रो महसुस भएको बताउदै गुफामा आफुलाई मर्ने अनुभव हुन थालेको बताएका छन् ।

गुफामा पानी र माटोका कारण उद्धार कार्य निकै कठिन भएको थियो । उद्धार टोलीका मानिसहरू ओर्लँदै गर्दा अँध्यारो बढ्दै गइरहेको थियो र तापक्रम तीव्र गतिमा घट्दै थियो । जसका कारण उनीहरुलाई अगाडि बढ्न समस्या भएको थियो ।

अमेरिकी अनुसन्धानकर्तालाई बचाउन उद्धारकर्मीहरूले गुफालाई ६ भागमा विभाजन गरिएको थियो । सबैको फरक–फरक जिम्मेवारी थियो । डाक्टरलाई पनि साथमा लागिएको थियो, ताकि मार्कले डिकेलाई तुरुन्तै उपचार गर्न सकियोस् । उनको उद्धारमा टर्कीसहित हंगेरी, पोल्याण्ड, इटाली र बुल्गेरियाको टोली थियो।

कुनै पनि स्वस्थ र अनुभवी व्यक्तिलाई मार्क डिकी पुगेको गहिराइबाट बाहिर आउन कम्तिमा १५ घण्टा समय लाग्ने बताइएको छ । गुफामा माटो र पानीको चुनौती मात्रै थिएन, यसको चौडाइ निकै कम भएकाले निसास्सिने खतरा पनि थियो । गुफाको कुल गहिराई १३ हजार फिट रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय