• २०८१ बैशाख २० बिहीबार

कागती खेतीबाट राम्रो आम्दानी गर्दै तुलसीपुरका किसान

kharibot

 दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टे निवासी कर्णबहादुर वली विगत चार वर्षदेखि व्यावसायिक कागती खेतीमा लागेका छन् ।

सरकारी जागिरबाट पेन्सन भएपछि बचेको समय कृषि पेसामा लागेका वलीले करिब पाँच कट्ठा जमिनमा कागती खेती गर्दै आएका हुन् । 

व्यावसायिक तरकारी खेतीसँगै कागती खेतीमा लाग्नुभएका वलीले आम्दानीसमेत लिन थालेको बताए ।

पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गैरका वलीले यस वर्ष त्यसको दोब्बर बढी फलेको बताए ।

गत वर्षभन्दा यस वर्ष कागती राम्रो फलेको र अझै फल्नेक्रम भइरहेकाले आम्दानी बढ्ने आशामा उनि छन् । किसान वलीले भने, “पहिलो वर्ष करिब दुई क्विन्टल कागती बिक्री गरेको थिए, थोरै भए पनि सुरुकै वर्ष राम्रै आम्दानी भएको थियो, य वर्ष झन धेरै भएकाले आम्दानी बढी हुने आशा छ ।”

धेरै मेहनत नलाग्ने र बिक्रीका लागि पनि समस्या नहुने भएकाले कागती खेती गर्न सुरु गरेको वली बताउछन् ।

कागती खेतीबाट राम्रो आम्दानी हुने देखेपछि बर्सेनि बोटसमेत बढाउँदै लग्ने सोचमा रहेको उनि बताउछन् । उनले भने, “चार वर्षअघि ८० बिरुवा रोपेर व्यावसायिक कागतीखेती सुरु गरेको थिएँ, तर पाँच वटा बिरुवा सुरुमै मरेपछि ७५ मात्रै बिरुवा बचे, अहिले तिनै बिरुवा फल्न सुरु गरेका छन्, त्यसमा गत वर्ष फेरि २५ विरुवा थप गरेर सय बिरुवा पुर्याएको छु ।”

उनले उपमहानगरपालिकाको कृषि शाखाले अनुदानमा निःशुल्करुपमा ८० बिरुवा उपलब्ध गराएपछि पहिलो वर्ष रोपेका थिए ।

जिल्लामा कागती बिक्रीका लागि कुनै समस्या नरहेको उनि बताउछन् । उनले भने, “पछिल्लो समय कागतीको माग बढ्दै गएको छ, मागको तुलनामा जिल्लामा उत्पादन नहुँदा बाहिरबाट आउने गरेको छ, कागती बिक्रीका लागि समस्या छैन, जति उत्पादन गरे पनि बिक्री हुने अवस्था छ ।”

उनि कागती खेतीसँगै व्यवसायी तरकारी खेतीसमेत गर्दै आएका छन् छ । झण्डै २८ वर्ष राष्ट्रिय अनुसन्धानमा जागिरे जीवन बिताउनुभएका ५२ वर्षीय वलीले एक बिघा जमिनमा तरकारी र फलपूmलखेती गरेका छन् ।

प्राङ्गारिक मलको प्रयोग गरेर तरकारीखेती गर्दै आएका वलीले व्यावसायिक टमाटर खेतीका लागि १६ टनेलभित्र थोपा सिँचाइको समेत व्यवस्था गरेर टमाटरखेती गर्दै आएको बताए ।

आफूले मात्रै खेतीमा नभ्याउने भएकाले तरकारी रोप्ने, गोडमेल र टिप्ने समयमा मानिस लगाउने गर्ने गरेको वलीले बताए ।

उनले भने, “कागती र तरकारीखेती राम्रो हुँदै गएको छ, कामको आवश्यकताअनुसार मानिस पनि लगाउने गरेको छु ।

”रासायनिक मल प्रयोग नगर्ने र खासगरी बेमौसमी टमाटर उत्पादन गर्ने भएकाले टमाटर बिक्रीमा समस्या नभएको उनि बताउछन् । उनका अनुसार भट्टे पूरै गाउँमा कसैले पनि तरकारी खेतीमा रासायनिक मलको प्रयोग नगर्ने गरेको बताए । रासायनिक मलको विकल्पमा किसानले भर्मी कम्पोष्ट मल खेतीमा प्रयोग गर्ने गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै