• २०८१ बैशाख १५ शनिबार

गदर-२ ले तोड्यो बाहुबलीको किर्तिमान

kharibot

काठमाडौँ । बलिवुडमा एकातिर शाहरुख खानको ‘जवान’ ले रिलिज भएको तीन दिनमै बक्स अफिसमा धमाका मचाएको छ भने अर्कोतर्फ सन्नी देओलको ‘गदर २’ ३० दिनपछि पनि आफ्नो धमाका जारी राखेको छ ।

अगस्ट ११ मा रिलिज भएदेखि नै गदर- २ ले धेरै रेकर्ड बनाएको छ र कमाईको हिसाबले धेरै फिल्मलाई पछाडी पारेको छ । अब गदर- २ ले एसएस राजामौलीको बाहुबली- २ को रेकर्ड पनि तोडेको छ । 

अब गदर-२ बलिवुड फिल्मको इतिहासमा देशव्यापी रूपमा दोस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।

सन्नी देओल र अमिषा पटेल स्टारर अनिल शर्माको फिल्म गदर- २ ले बक्स अफिसमा ३० दिन पूरा गरेको छ । फिल्मले ३०औं दिन अर्थात पाँचौं शनिबार देशभर १ करोड ४५ लाख भारु कमाएको छ ।

गदर- २ ले पहिलो साता २८४.६३ करोड भारु कमाएको थियो भने दोस्रो हप्तामा १३४.४७ करोड कमाएको थियो । तेस्रो हप्तामा, यो आम्दानी ५२.८९ प्रतिशत घटेर ६३.३५ करोड मात्र भयो, जुन पछि थप घट्यो । चौथो हप्तामा गदर- २ लाई ठूलो झट्का लाग्यो र फिल्मको कमाई ५६.५१ प्रतिशतले घट्यो । त्यसपछि मात्र २७.५५ करोड कमाएको थियो ।

अब ३० दिनमा गदर- २ ले अहिलेसम्म ५१२.३५ करोड भारु कमाएको छ ।

यससँगै गदर- २ ले बाहुबली- २ को रेकर्ड तोडेको छ । प्रभास स्टारर फिल्म बाहुबली- २ ले ५१०.९९ करोड रुपैयाँ कमाएको थियो । २०१७ मा रिलिज भएको यो फिल्ममा तमन्ना, नस्सर, सत्यराज, रम्या कृष्णन र राना दग्गुबती जस्ता स्टार थिए । अब गदर- २ को नजर शाहरुख खानको ‘पठान’ मा छ, जसले देशव्यापी रुपमा ५४३.०५ करोड कमाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय