• २०८१ बैशाख १६ आइतबार

एशियाबाट महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा थाइल्याण्ड र युएई छनौट

kharibot

काठमाडौँ । महिला टी-२० विश्वकपको ग्लोबल कवालिफायर मा एशियाबाट थाइल्याण्ड र युएई छनौट भएका छन् ।

एशिया छनौटको सेमिफाइनलमा थाइल्याण्डले नेपाललाई ४६ रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने युएईले हङकङलाई अर्को सेमिफाइनलमा ५७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

योसँगै एशियाबाट ग्लोबल टी-२० क्वालिफायरमा थाइल्याण्ड र युएई छनौट भएका छन् । ग्लोबल क्वालिफायरमा कुल १० देशले भाग लिदै छन् । जसमध्ये फाइनलमा पुग्ने २ देश विश्वकपमा छनौट हुने छन् ।

बंगलादेशमा २०२४ को सेप्टेम्बर अक्टोबरमा हुने महिला टी-२० विश्वकपमा आयोजक बंगलादेश, अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रीका, न्यूजिल्याण्ड र वेस्टइन्डिज स्वत: छनौट भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै