• २०८१ बैशाख ३१ सोमबार

युरोपियन युनियन र अमेरिकनहरूले संक्रमणकालिन न्याय टुंग्याउन दिएनन्- लिलामणी पोखरेल

kharibot

महोत्तरी । नेकपा माओवादी केन्द्रका सचिव लिलामणी पोखरेलले जनयुद्ध कालका संक्रमणकालिन न्याय व्यवस्था सम्बन्धि ऐन बनाउन नदिन चलखेल भइर्रहेको बताएका छन ।

विशेषगरी युरोपियन युनियनहरुले ऐन बनाउन नदिएको सचिव पोखरेलले खुलासा गरेका छन । युरोपियन युनियनसगैँ अमेरिकी र प्रतिक्रियावादीहरु समेत यसमा लागिपरेको बताउदै माओवादीहरुलाई धम्क्याउन र तर्साउन सकिन्छ भन्ने सोचेर ऐन वनाउन उनीहरु वाधक बनेको उनको तर्क छ ।

रुपान्तरण अभियानमा मधेश प्रदेशको इन्चार्ज समेत रहेका सचिव पोखरेलले देशमा ठूलो संकट समेत सिर्जना भइरहेको जनाएकाे छ । भुमण्डलिय राजनितिको माध्यमवाट नेपाललाइ प्रयोग गर्ने उदेश्यले अमेरिकीहरुले नेपालमा नयाँ सम्झौता समेत गरेको बताउदै सचिव पोखरेलले भने `एमसीसी सम्झौता अमेरिकाको यसैको परिणाम हो, त्यसैले मुलुकको राष्ट्रियता, अखण्डता माथी समस्या पैदा हुँदै छ ।´

माओवादी जनयुद्ध लगायत अन्य राजनतिक दलहरुसगँ सम्झौता गरि बनेको ठूलो राजनीतिक परिवर्तन समेत खतरामा परेको सचिव पोखरेलको भनाइ छ । `संघिय लोकतान्त्रिक गणतन्त्र समेत खतरामा परेको छ किनभने यसअघि संविधानमा नै उल्लेख नभएको जननिर्वाचित प्रतिनिधि व्यवस्थालाई बिघटन गरियो ।´

लोकतान्त्रिक गणतन्त्र माथी प्रतिगमनकारीहरुले टाउको उठाउन सुरु गरेको बताउदै उनले एकात्मवादीहरुले हमला गर्न सुरु गरिसकेको दावी गरेका छन् । तीन  महिने रुपान्तरण अभियानमा माओवादी रुपान्तरित भएर आउने र जनतासँगको सम्बन्ध पुन: समधुर हुने पनि नेता पोखरेलले बिस्वास ब्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै